भारतीय लोकसभा निर्वाचन–प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनको अग्रता
नेपाल प्रेस
२०८१ जेठ २२ गते ९:२७
काठमाडौं । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन अगाडि देखिएको छ ।
५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान सवा ९ बजेको रुझान अनुसार २६७ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ । कांग्रेस नेतृत्वको गठबन्धन २०० सीटका साथ पछ्याइरहेको छ ।
यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ । प्रारम्भिक रुझानले भाजपाको ४ सय पार नारा सफल नहुने देखिएको छ । तर भाजपा गठबन्धनले बहुमत जित्न सक्ने आँकलन भने प्रारम्भिक रुझानबाट देखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर