मोदीको ‘४ सौ पार’ योजनामा उत्तर प्रदेशको धक्का, बहुमत रोक्न कांग्रेस गठबन्धनको कडा टक्कर – Nepal Press

मोदीको ‘४ सौ पार’ योजनामा उत्तर प्रदेशको धक्का, बहुमत रोक्न कांग्रेस गठबन्धनको कडा टक्कर

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भाजपाको ‘अबकी बार ४ सौ पार’ नारामा धक्का लाग्ने देखिएको छ ।

अधिकांश सीटको मतगणना जारी रहँदा सबैभन्दा धेरै सीट रहेको र भाजपाको एकछत्र बिजय हुँदै आएको उत्तर प्रदेशले मोदीको नारामा धक्का दिएको हो ।

यसअघि ८० मध्ये ७० भन्दा माथि जितेको बीजेपी प्रारम्भिक रुझानमा पछि परेको छ । भारतीय समयअनुसार बिहान साढे ९ बजेसम्मको रुझानमा कांग्रेस र समाजवादी गठबन्धनले उत्तर प्रदेशमा ४२ सीटको अग्रता लिएको छ । त्यसमध्ये समाजवादी पार्टीले मात्र ३७ सीटमा अग्रता लिइरहेको छ । भाजपा ३६ सीटमा अगाडि छ ।

उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट कांग्रेस नेता राहुल गान्धी धेरै मतान्तरका साथ अगाडि छन् भने यसअघि राहुललाई पराजित गरेकी भाजपाकी स्मृति इरानी अमेठीमा पछि परेकी छन् । यदि उत्तर प्रदेशको यहि रुझान कायम रहेमा र विहार तथा महाराष्ट्रमा उल्लेख्य प्रदर्शन गर्न नसकेमा भाजपाको वहुमत मुस्किल हुनेछ ।

त्यसो त पछिल्लो रुझानमा बीजेपी नेतृत्वको एनडीए गठबन्धन २७४ स्थानमा अगाडि रहदा कांग्रेस नेतृत्वको गठबन्धन २२६ सीटमा अगाडि देखिएको छ । समाजवादी पार्टी ३३ सीट, वामपन्थी दल ९ सीट र आम आदमी पार्टी ५ सीटमा अगाडि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर