प्रभु बैंक र यूएसएआईडी ट्रेडबीच सम्झौता – Nepal Press

प्रभु बैंक र यूएसएआईडी ट्रेडबीच सम्झौता

 काठमाडौं । प्रभु बैंक लिमिटेड र USAID Trade & Competitiveness  बीच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा USAID Trade & Competitiveness का तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर