देशको सूचना बेच्ने सांसद देखाउन गृहमन्त्रीलाई चुनौती, जवाफका लागि रुलिङ गर्न माग (भिडिओ) – Nepal Press

देशको सूचना बेच्ने सांसद देखाउन गृहमन्त्रीलाई चुनौती, जवाफका लागि रुलिङ गर्न माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने सांसद यही सदनमा छन् भनेको विषयमा जवाफ माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै देशको सूचना बेच्ने सांसदलाई जनताले चिन्न चाहेको उनको भनाइ छ।

उनले भने, ‘देशको गोप्य सूचना बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि गृहमन्त्रीले भन्नुभयो । सभामुखलाई नै साक्षी राखेर भन्नुभएको छ । यो गम्भीर कुरा हो । आन्तरिक मामलासँग मात्रै सम्बन्धित छैन । देशको सूचना बेच्ने सांसद यही सदनमा छ भनेर गृहमन्त्रीले नै भनेको कुरा गम्भीर हो । जनताले हेर्न चाहेका छन् को रहेछन् त्यो देशको सूचना बेच्ने सांसद यसको जानकारी चाहियो ।’

उनले कहिले ? कहाँ ? कति मूल्यमा देशको सूचना बेचियो गृहमन्त्रीको स्पष्ट धारणा माग गर्दै रुलिङ गर्न माग गरे। गृहमन्त्रीको स्पष्ट जवाफ नआए कांग्रेसले यो विषयलाई त्यसै नछाड्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर