राहुल गान्धी प्रतिस्पर्धीभन्दा एक लाख १६ हजार भोटले अगाडि, मोदीको अग्रता कति ? – Nepal Press

राहुल गान्धी प्रतिस्पर्धीभन्दा एक लाख १६ हजार भोटले अगाडि, मोदीको अग्रता कति ?

काठमाडौं । भारतमा आम निर्वाचनको मतगणना जारी रहँदा हस्ती उम्मेदवारहरूमा धेरैको नजर छ । सात चरण लामो चुनावी प्रक्रिया सकिएर मंगलबार बिहानैदेखि लोकसभाका ५४२ सीटका लागि मतगणना सुरु भएको हो ।

मंगलबार आन्ध्र प्रदेशका १७५ र ओडिशाका १४७ सीटमा विधानसभा चुनावको प्रारम्भिक नतिजा आउन थालेको छ । बिहान साढे ११ बजेसम्मको तथ्यांकमा एनडीए (बीजेपी र सहयोगी पार्टीहरू) २९४ सीट तथा इन्डिया गठवन्धन (कांग्रेस र सहयोगी पार्टीहरू) ले २०२ सीटमा अग्रता लिएका छन् । २८ सीटमा अन्य पार्टीहरूको अग्रता छ ।

चर्चित हस्तीहरूको कुरा गर्दा हालका प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट भारी अग्रता लिएका छन् । उनी कांग्रेस उम्मेदवार अजय रायभन्दा ६० हजार भोट अगाडि छन् । मोदीले अहिलेसम्म एक लाख ९० हजार ३३३ भोट ल्याएका छन् । अजयले प्राप्त गरेको मत एक लाख ३० हजार ७९८ रहेको छ । सन् २०१९ मा पनि मोदीविरुद्ध अजय भिडेका थिए । त्यसबेला अजयले १ लाख ५२ हजार ५४८ भोट ल्याउँदा मोदीले ६ लाख ७४ हजार ६६४ भोट ल्याएर विजयी भए ।

कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले दुईवटा स्थानबाट उम्मेदवारी दिएका थिए । केरलाको वायानद र उत्तर प्रदेशको रायवरेली दुवैमा गान्धीको विशाल अग्रता छ । वायानादमा उनी एक लाखभन्दा बढी भोटले प्रतिस्पर्धी उम्मेदवारभन्दा अगाडि छन् । यस्तै, रायबरेलीमा पनि ५० हजारभन्दा बढी भोटले प्रतिस्पर्धीलाई पछाडि छोडिरहेका छन् ।
वायानदमा राहुलका प्रतिस्पर्धी विजेपीका केरला अध्यक्ष के सुदर्शन हुन् । रायवरेलीमा विजेपीकै दिनेश प्रताप सिंह उनका मुख्य प्रतिस्पर्धी हुन् । २०१९ को चुनावमा राहुलले वायानादबाट ७ लाख ६ हजार ३ सय ६६ भोटले जितेका थिए । रायबेरेलीमा भने उनकी आमा सोनिया गान्धीले जितेकी थिइन् । यो कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ ।

अमेठीमा कांग्रेस उम्मेदवार किशोरीलाल बीजेपीकी स्मृति इरानीभन्दा ३७ हजार भोटले अगाडि छन् । सुलतानपुरमा सपाका राजभआल निषाद बीजपीका मेनका गान्धीभन्दा ९ हजार भोटले अग्रता लिइरहेका छन् ।

मैनपुरीबाट सपाका डिम्पल यादव बीजेपीका जयबीर सिंहभन्दा ५४ हजार भोट अगाडि छन् । गौतमबुद्ध नगरमा बीजेपीका महेश शर्मा सपाका महेन्द्य्र सिंह नागरभन्दा डेढ लाख भोटले अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *