बजेटको लक्ष्य हासिल गर्न आइटी बोर्ड र विदेशमा आइटी फर्म खोल्न दिनुपर्छ : वाग्ले (भिडिओ) – Nepal Press

बजेटको लक्ष्य हासिल गर्न आइटी बोर्ड र विदेशमा आइटी फर्म खोल्न दिनुपर्छ : वाग्ले (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आइटी बोर्ड र विदेशमा पनि आइटी फर्म खोल्न दिने व्यवस्था गर्न सके बजेटको लक्ष्य पहुँचभन्दा बाहिर नरहने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटको लक्ष्य हासिल गर्न आइटी बोर्डका स्थापना र विदेशमा पनि आइटी फर्म खोल्न दिने व्यवस्था मिलाउन सक्नुपर्ने बताएका हुन् ।

वाग्लेले भने, ‘बजेटले लिएको डिजिटलाइजेशनको लक्ष्य ठुलो छ । जसमा ३० खर्ब १० वर्षमा निर्यात पुर्‍याउने कुरा स्पष्ट छ । यसका साथै ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारीको लक्ष्य स्पष्ट रहेको छ । समय पनि तोकिएको छ । जसका लागि आइटी, ज्ञान पार्क, आइटी हब, स्वदेशी सफ्टवेयर लाई प्राथमिकता दिने कुराहरू राम्रा छन् । यसमा आइटी बोर्ड बनाउने र विदेशमा पनि आइटी फर्महरूलाई निश्चित मापदण्ड तोकेरै अनुदान दिएर खोल्न दिने कुराहरू गयौँ भने, लक्ष्य पहुँचभन्दा बाहिर छैन ।’

‘एउटा साझा टिप्पणी हुँदै आएको छ वर्षौँदेखि । ३०/३२ वर्षकै रेकर्ड बनिसकेको छ । बजेट राम्रै छ, योजनाहरू राम्रै छन् । कार्यान्वयन हुन गाह्रो छ । जुन बजेट आउने बित्तिकै ता तातो टिप्पणी गर्नेहरूले यही नै भन्दा आएका छन् । यो सामाजिक सञ्जालमा हा सी टिउरी, मजाकको विषय बनिसकेको छ’, वाग्लेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर