भारत चुनाव : यी तीन केन्द्रीय मन्त्री रेड जोनमा – Nepal Press

भारत चुनाव : यी तीन केन्द्रीय मन्त्री रेड जोनमा

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्मको गणना अनुसार भाजपा नेतृत्वको सरकारमा केन्द्रीय मन्त्री रहेका तीन जना उम्मेदवारले चुनाव हार्ने लगभग निश्चित देखिएको छ ।

भारतीय सञ्चार माध्यमहरूमा आएको अपडेटका अनुसार मोदी नेतृत्वको भारतीय जनता पार्टीबाट चुनावमा होमिएका भारतका कृषि मन्त्री अर्जुन मुड्डा, महिला तथा बालबालिका विकाश मन्त्री स्मृति इरानी तथा ऊर्जा मन्त्री आरके सिंहले चुनाव हार्ने निश्चित भएको हो ।

रिपोर्टका अनुसार झारखण्डको कुन्ती क्षेत्रबाट चुनाव लडेका अर्जुन मुड्डा, भारतीय काँग्रेसका प्रतिद्वन्द्वी काली चरण मुड्डा भन्दा १ लाख भन्दा बढीको मतान्तरले पछाडि छन् ।

यस्तै भारतीय जनता पार्टीबाट हेभीवेट उम्मेदवार मानिएकी महिला तथा बालबालिका मन्त्री स्मृति इरानी काँग्रेसका उम्मेदवार किशोरी लाल भन्दा ९५ हजार मतले पछाडि रहेको जनाइएको छ ।

दिल्लीको अमेठीबाट चुनाव लडेकी इरानीले यस अघिको चुनावमा भारतीय कँग्रेसका प्रतिभाशाली नेता राहुल गान्धीलाई चुनाव हराएर चर्चामा आएकी थिइन् ।

हालको चुनावमा पनि दिल्लीको अमेठी क्षेत्रबाट राहुल गान्धी र स्मृति इरानी चुनावमा प्रतिस्पर्धा गर्ने प्रारम्भिक अनुमान गरिएता पनि राहुलले अन्तिम समयमा राय बारेलीबाट चुनाव लड्ने घोषणा गर्दै आफ्ना विश्वास पात्र किशोरी लाललाई अमेठीको सिट छोडेका थिए ।

यसै गरी २०२४ को लोक सभा चुनाव हार्ने अर्का केन्द्रीय मन्त्रीको रूपमा ऊर्जा मन्त्री आरके सिंह रहेका छन् । उत्तर प्रदेशको बन्दा क्षेत्रबाट चुनाव लडेका आरके सिंह सिपिआईका सुधामा प्रसाद भन्दा ३५ हजार मतले पछाडि रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *