नेपाल र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित हुने सम्भावना कति ? – Nepal Press

नेपाल र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित हुने सम्भावना कति ?

काठमाडौं । नेपालले आज टी-२० विश्वकपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । नेपाली समयअनुसार खेल रातको ९ः१५ बजे सुरु हुनेछ ।

नेपालको पहिलो खेल हेर्नलाई नेपालीहरु आतुरताका साथ प्रतीक्षारत छन् । डल्लासमा रहेको ग्रान्ड प्राइरी रंगशालामा नेदरल्यान्ड्सविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्ला ? सबैको चासो यही छ । चासोको अर्को विषय चाहिँ स्थानीय मौसम पनि हो । कतै खेल वर्षाले प्रभावित हुने त होइन ?

नेपाल र अमेरिकाबीचको वार्म अप म्याच वर्षाका कारण स्थगित भएको थियो । यद्यपि, विश्वकपका कुनै पनि खेलहरु अहिलेसम्म वर्षाले विथोलेको छैन ।

डालास अमेरिकाको टेक्सास राज्यमा पर्ने शहर हो । टेक्सासमा मौसम प्रायः अस्थिर हुन्छ । खेलको बेला घाम पनि लाग्नसक्छ, पानी पनि पर्नसक्छ ।

मौसम पूर्वानुमान हेर्ने हो भने आज पानी पर्ने सम्भावना २० प्रतिशत भनिएको छ । यसको अर्थ यदि पानी प¥यो भने खेल आंशिक प्रभावित हुनसक्छ । ओभर घट्न सक्ने सम्भावना हुन्छ, तर ८० प्रतिशत सम्भावना पानी नपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *