तलब नबढेका कर्मचारीको औषधोपचार र भत्ताकाे बजेट वृद्धि
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत कर्मचारीको तलब नबढाए पनि अन्य शीर्षकमा बजेट बढाएको छ । कर्मचारीहरुको औषधोपचारका लागि २ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ ।
चालू वर्ष २ अर्ब १६ करोड ५३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नयाँ बजेटमा चालू वर्षको भन्दा १६ करोड रुपैयाँले औषधोपचार खर्चको रकम बढाइएको हो ।
कर्मचारी भत्ता पनि २० करोडले बढाएर ११ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ पुर्याइएको छ । महँगी भत्ता ४५ लाखले बढाएर ७ अर्ब १ करोड ५७ लाख रुपैयाँ पुर्याइएको छ । फिल्ड भत्ता २३ लाख बढाएर १ करोड ४४ लाख पुर्याइएको छ ।
कर्मचारी प्रोत्साहन तथा पुरस्कार भत्ता १८ करोडले बढाएर ५४ करोड ५ लाख पुर्याइएको छ । चालू वर्ष ३६ करोड ७६ लाख खर्च हुने अनुमान छ ।
यस्तै वैदेशिक भत्ता ४ करोडले बढाएर ८९ करोड ८७ लाख रुपैयाँ बनाइएको छ ।
पदाधिकारीको भत्ता ८ करोडले बढाएर ६१ करोड ५८ लाख रुपैयाँ पुर्याइएको छ । पदाधिकारी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक निकायका पदाधिकारीलगायत पर्छन् । पदाधिकारीको बेठक भत्ताको लागि बजेटमा २ करोड रुपैयाँ बढाइएको छ ।
पदाधिकारीको इन्धन खर्चमा ४ करोड बढाएर २० करोड ७ लाख पुर्याइएको छ । सवारीसाधन मर्मतका लागि २ अर्ब छुट्याइएको छ ।
कर्मचारी सामाजिक सुरक्षा खर्च २ अर्ब ८५ करोड ५९ लाख पुर्याइएको छ । सरकारले कर्मचारीको पारिश्रमिक सुविधाअन्तर्गत १ खर्ब ६३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ बजेट छ्ट्याएको छ । पदाधिकारीहरुको पारिश्रमिकको लागि २ अर्ब ८ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ ।
कर्मचारीकाे संख्या बढे पछि त भत्ता सुविधा त बढि हाल्छ नि त । याे समाचार लेख्नुकाे कुनै तात्पर्य नै देखिएन । यी कतै कतै व्यापारी त हैनन ?
कसले पाउने नि यस्ता भत्ता?
हामीलाई थाह छैन र???
जनता लाइ के