राजीनामा दिन मधेश मुख्यमन्त्री निवास पुगे नेकपा एसका दुई मन्त्री – Nepal Press

राजीनामा दिन मधेश मुख्यमन्त्री निवास पुगे नेकपा एसका दुई मन्त्री

जनकपुरधाम । मधेश सरकारबाट बाहिरिने निर्णय गरेका नेकपा एकीकृत समाजवादीका दुई मन्त्री राजीनामा बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव निवास पुगेका छन् ।

नेकपा एसबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुगेका हुन्, तर मुख्यमन्त्री यादव बाहिर रहेकाले उनीहरु निवासमै पर्खेर बसेका छन् ।

नेकपा एसले सरकारबाट समर्थन पनि फिर्ता लिएको छ । सो पार्टीका संसदीय दलका नेतासमेत रहेका न्यौपानेले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर