पहिलो चुनाव इनिङमै कंगनाको राम्रो प्रदर्शन- ७४ हजार मतान्तरले जितिन् चुनाव
काठमाडौं । बलिउड अभिनेतृ कंगना रनौतले पहिलो प्रयासमै चुनाव जितेकी छन् । भारतीय निर्वाचन आयोगलाई साभार गरेर हिन्दुस्तान टाइम्सले उल्लेख गरेअनुसार भारतको लोकसभाको चुनावमा उनले ७४ हजारको मतान्तरले चुनाव जितेकी हुन् ।
भारतीय राष्ट्रिय कंग्रेसका नेता विक्रमादित्य सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराउँदै उनले चुनावी जित निकालेकी हुन् । आफ्नो गृहराज्य हिमाञ्चलको चुनावमा पूर्व मुख्यमन्त्री विरभद्र सिंहका छोरालाई चुनावमा पराजित गरेकि हुन् ।
कंगनालाई बलिउड सेलिब्रेटीहरु अनुपम खेर लगायतले सामाजिक संजालमा बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीकी कट्टर समर्थक कंगनाले मोदीको दलको एकल बहुमत नभएको समयमा चुनाव जितेकि हुन् ।