प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै“ विनियोजन विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले “ विनियोजन विधेयक, २०८१” प्रस्तुत गरिनेमहासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
“राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले “राष्ट्र ऋण उठाउने विधेयक, २०८१”, “भन्सार महशुल विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव,
र “भन्सार महशुल विधेयक, २०८१” प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।