‘बिरामी’ भएको भन्दै विश्वासको मत लिने कार्यसूची सार्न मुख्यमन्त्री यादवद्वारा सभामुखलाई आग्रह – Nepal Press

‘बिरामी’ भएको भन्दै विश्वासको मत लिने कार्यसूची सार्न मुख्यमन्त्री यादवद्वारा सभामुखलाई आग्रह

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउने अवस्था देखेपछि प्रदेशसभाको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै आग्रह गरेका हुन् ।

मुख्यमन्त्री यादवले आफू अस्वस्थ्य रहेको कारण देखाउँदै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न आग्रह गरेको सभामुख मण्डलले बताए ।

मुख्यमन्त्री यादवकै आग्रह अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बोलाइएको छ । तर कार्यसूची सार्न आग्रह गरेपछि अब के गर्ने विषयमा सभामुख मण्डल छलफलमा जुटेका छन् । उनले परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर मात्रै के गर्ने निर्णय लिने बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने तयारी गरेका थिए । तर नेकपा एस पनि सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पछि हटेका छन् ।

जसपा नेपालका मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । लोसपा के गर्नेमा अझै अन्योलमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर