बजेटले लिएको लक्ष्य हासिल गर्ने पर्याप्त आधारहरू बनेका छन् : अर्थमन्त्री पुन – Nepal Press

बजेटले लिएको लक्ष्य हासिल गर्ने पर्याप्त आधारहरू बनेका छन् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटले लिएको लक्ष्य हासिल गर्न पर्याप्त आधारहरू बनेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभामा आगामी वर्षको बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटले लिएको लक्ष्य हासिल गर्न पर्याप्त आधारहरू बनेको बताएका हुन् ।

अर्थमन्त्री पुनले भने, ‘गत वर्ष हाम्रो १.९ प्रतिशतले आर्थिक वृद्धि भएको छ । चालू वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्था, विज्ञहरूले अनुमान गरेका छन् । आगामी वर्षमा विश्व बैङ्कले करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । हामीले जस्तो लगानी गरिरहेका छौँ, जस्तो लगानीमैत्री वातावरण बनिरहेको छ, यस वर्षको आर्थिक सुधारका सूचकहरू रहेका छन् । बिस्तारै अर्थतन्त्र चलायमान भइरहेको छ । यो सबै घटनाहरूबाट, सबै अनुमानहरूबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य प्रस्तुत गरेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर