विश्वासको मतका लागि मुख्यमन्त्री यादवले राखे प्रस्ताव, सदनमा छलफल हुँदै
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिन लागेका छन् ।
आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्तावमा सभामुख रामचन्द्र मण्डलले छलफल प्रारम्भ गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न खोजेका थिए ।
तर सभामुख मण्डलले आग्रह अस्वीकार गरेको र उनको दल समेत विभाजन भएकाले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिन बाध्य भएका हुन् ।
मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिने बुझिएको छ ।