रुसले अमेरिकी दुस्मन भएका देशहरुलाई शक्तिशाली हतियार दिने – Nepal Press

रुसले अमेरिकी दुस्मन भएका देशहरुलाई शक्तिशाली हतियार दिने

काठमाडौं । रुसले अमेरिकाका दुस्मन भएका देशहरुलाई शक्तिशाली हतियार दिने बताएको छ ।

अमेरिकाको युक्रेनलाई शक्तिशाली हतियार दिएको तथा रुसी भित्री क्षेत्रहरुमा आक्रमण गर्न स्वतन्त्र छोडेको भन्दै रुसले अमेरिकाका विपक्षी देशहरुलाई हतियार दिने उद्घोष गरेको हो ।

यहि बुधबार रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विदेशी पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका थिए । यहि कुरा रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेभेवले दोहोर्याएका छन् । उनले बिहिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका थिए, ‘अब अमेरिका तथा उसका साझेदारहरुले रुसले दिएको हतियार प्रहार गर्ने तेस्रो पक्षको अनुभव लिनेछन् ।’

अमेरिका तथा उसका साझेदार व्यक्ति तथा क्षेत्रहरु हतियारजडित नभएकोमा अब हुने उनले उल्लेख गरेका छन् । उनले यसो गर्नु रुसी विदेश नीतिको परिवर्तन भएको भन्दै आफ्नो लामो पोस्टको अन्तिममा थपेका छन्, ‘उनीहरुको दुस्मन अमेरिका हुनुको अर्थ उनीहरु हाम्रा मित्र हुनेछन् ।’


प्रतिक्रिया

One thought on “रुसले अमेरिकी दुस्मन भएका देशहरुलाई शक्तिशाली हतियार दिने

  1. नेपालमा पनि रुस र ले शक्तिशालि हतियार तैनाथ गरिदिएको भए हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर