सी जातिको बैधता माग राख्दै विप्लवको युवा संगठनले बुझायो प्रधानमन्त्रीलाई ५ लाख हस्ताक्षर
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
जेष्ठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट संकलित ५ लाखभन्दा बढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरुको टोली बालुवाटार पुगेको हो ।
युवा संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातीय व्यवस्था उन्मूलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित सी जातिको निर्माण गर्ने विचार आंफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले कानुन संशोधन गरेर मात्रै यो प्रक्रिया अगाडि बढाउन मिल्ने भएकोले सबै एकजुट भएर अगाडि बढे मात्रै यो सम्भव हुने प्रतिक्रिया दिएको बुझिएको छ ।