घुस रकमसहित नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक पक्राउ – Nepal Press

घुस रकमसहित नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक पक्राउ

रूपन्देही । कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिइरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगबाट घुस रकमसहित थप स्रोत नखुलेको रकम पनि अख्तियारको टोलीले बरामद गरेको छ ।

गुप्ताले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको जनाएको छ ।

गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर