घनश्यामको आरोप- ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद विघटन गरेर आफूले नेकपा एमाले जोगाएको भनी दिएको अभिव्यक्ति सामान्य नरहेको टिप्पणी गरेका छन् ।
समाजवादबारे नेकपा एसको कार्यक्रममा बोल्दै महासचिव भुसालले पार्टी जोगाउन संसद विघटन गर्ने र प्रधानमन्त्री जोगाउन पार्टी विघटन गर्ने असामान्य काम ओलीले गरेको बताए ।
भुसालले भने- एकजना कम्युनिस्ट पार्टीका नेताले हिजोमात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।
महासचिव भुसालले नवौँ महाधिवेशनबाट नीति आफूहरूको पारित भए पनि नेतृत्वमा केपी ओली आएपछि पार्टी विघटनमा गएको दाबी समेत गरे । त्यसमा वामदेव गौतमको दोष रहेको समेत भुसालको आरोप छ । नीति आफूहरूको मानेर नेता चाहिँ ओलीलाई बनाउन बामदेव हिँडेको उनको भनाइ थियो ।
घनश्याम भुसाल कम्युनिस्ट विरोधी भाइ कांग्रेस हुन यीनलाई कदापि एमालेले पक्षपोषण नगरोस्
वर्गीय प्रेमले ओतप्रोत हुदै एकता वध्द भएर अघि वढनु पर्ने कम्युनिष्टहरू आपसमा लडिरहेका छन । देशमा अनेक नामका कम्युनिष्ट पार्टीहरू संगठित छन । आपसमा अनेक विवाद र झगडा विद्यमान छन । एउटै कम्युनिष्ट पार्टी भित्र मारामार र पानी बाराबार छ । एक अर्काको विरूध्द मोर्चाहरू खुलेका छन । विचारको लडाई गरि रहेका कम्युनिष्ट पार्टीका एउटा गाऊ कमिटीको बैठक समेत सहज छैन । सामान्य शपथ ग्रहण कार्यक्रममा समेत घातक आक्रमण हुने र नेताहरूको ज्यान जोखिममा पर्ने या मारीने सम्मका घट्ना हुन थालेका छन
भनिन्छ कम्युनिष्टहरू सिद्धान्तमा अडिग हुन्छन । विचारमा अव्वल र दृढ हुन्छन । उनिहरूलाई कुनै कुराले हल्लाउन सक्दैन । मार्क्सवाद यस्तो विचार हो जस्ले व्यक्तिलाई स्पात वनाई दिन्छ । मार्क्सवाद राम्रो वुझेको राजनीतिक नेता कार्यकर्ता भनेका घनघोर जङ्गलका सत्तीसाल हुन । उनिहरूलाई कुनै लोभ, लालच र प्रलोभनले आकर्षण गर्न सक्दैन ।
सौम्यपन, धैर्य, विनम्रता नभएको र अरूको सम्मान नगर्ने मानिसले देशलाई नेतृत्व दिन सक्दैन । यी दुर्गुणहरु घनश्यामजी मा स्पस्ट देखियो ।