मधेश प्रदेश : जनमतका दुई मन्त्रीले लिए शपथ – Nepal Press

मधेश प्रदेश : जनमतका दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको सिफारिसमा नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनमतका त्रिभुवन साह वन तथा वातावरण मन्त्री र सकिल मिया विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनी दुवै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।

मन्त्री बनेका साह सिरहा ४९१० र मिया सप्तरी १९२०बाट निर्वाचित सांसद हुन् । दुई मन्त्री थपिएसँगै मुख्यमन्त्री सतिश कुमार सिंहको मन्त्रिमण्डल अब १६ सदस्यीय बनेको छ ।

छ दलको समर्थनमा शुक्रवार मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै उनले ११ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

यस्तै जनमतबाट विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी रञ्जु खंगलाई वन तथा वातावरण मन्त्रालय तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर