फणीन्द्र देवकोटाको फ्लोर क्रस, मुख्यमन्त्रीलाई दिए विश्वासको मत – Nepal Press

फणीन्द्र देवकोटाको फ्लोर क्रस, मुख्यमन्त्रीलाई दिए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलमा रहेका नेसपाका सांसद देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका हुन् ।

माओवादी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिन ह्विप जारी गरेको थियो । माओवादीको ह्विप विपरीत देवकोटाले मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । २०७४ मा भएको निर्वाचनमा देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर