माधव लक्षित ओलीको टिप्पणी- कुनै मतभेदले पार्टी फुटाएका थिएनन्, एमाले सिध्याउन चाहेका थिए (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजन गरेर सिध्याउने प्रयास असफल भएको बताएका छन् ।
एमाले काभ्रेको एघारौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले देशभित्र र बाहिर सबैतिरका प्रतिक्रियावादी शक्तिहरु एकै ठाउँमा जम्मा भएर एमालेविरुद्ध हमला गरेको भए पनि एमालेले परास्त गरेको बताए ।
उनले भने, ‘एमालेको नेतृत्वलाई विस्थापित गर्न अनेक प्रयास भए, ती सबै प्रयास असफल भए । त्यो प्रयास असफल भएपछि विभाजन गर्नेतर्फ लागे र विभाजन गराइदिए । यो विभाजन हुँदै जाँदा कुनै मतभेदले भएको होइन, तर एमालेलाई टुक्राउने, सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायका साथ भएका हुन् ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउने क्रियाकलाप असफल पारेको बताए ।
उनले थपे, ‘तिनीहरुले पार्टी फोडेर अलग भए, सिध्याउन खोज्ने प्रयास असफल भए । एमाले ध्वस्त भएन, मजबुत शक्तिको रुपमा आएको छ ।