सुदूरपश्चिममा ७ मन्त्रीले लिए शपथ, स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार – Nepal Press

सुदूरपश्चिममा ७ मन्त्रीले लिए शपथ, स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एमाले र माओवादीका ३-३ तथा एकीकृत समाजवादीका एक गरी ७ मन्त्रीलाई नियुक्तपछि शपथ गराएका छन् ।

एमालेका सुरेन्द्र पाल आर्थिक मामिलामन्त्री नियुक्त हुँदा अन्य दुई विनाविभागीय मन्त्री भए । माओवादीका ओमविक्रम भाट सामाजिक विकासमन्त्री नियुक्त हुँदा अन्य दुई विनाविभागीय मन्त्री बने ।

नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छैन ।

एमालेबाट वीरबहादुर थापा र हिरा सार्की, माओवादीबाट अक्कल रावल र लक्ष्मी बिक तथा नेकपा एसकी माया पन्त विनाविभागीय मन्त्री भएका छन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले स्वतन्त्र सांसद तारा जोशीलाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त गरेका थिए । तर, उनले मन्त्री पद अस्वीकार गरेका छन् ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर