कोशी प्रदेश सरकारद्वारा राजनीतिक तथा शान्ति वार्ता टोली गठन – Nepal Press

कोशी प्रदेश सरकारद्वारा राजनीतिक तथा शान्ति वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजाना मन्त्री राम बहादुर मगरको सम्योजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ । प्रदेशको नामकरण पछि चलि रहेको आन्दोलनका बिषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा भौतिक पुर्वाधार मन्त्री गणेश प्रसद उप्रेती आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेका छन् ।

यस्तै, वार्ता टोलीको सदस्य सचीव आन्तरिक मामिला तथा कानुन सचीव लक्ष्मी प्रसाद पौडेल नियुक्त भएका छन । यस अघि प्रदेश सरकारसङ आन्दोलनरत पक्षको पटक पटक वार्ता भएको थियो । तत्कालिन मन्त्री कमल प्रसाद जबेगुको सम्योजकत्वमा गठित वार्ता टोलीसङ भएको वार्तामा कोशी प्रदेश सरकार र प्रदेशको खारेज गरी पुनःनामाकरण संघर्ष समितिबीच ५ बुँदे सहमति भएको थियो ।

वार्तामा संविधानसम्मत ढंगले प्रदेशको पुनःनामाकरण गर्न संयुक्त रूपमा राजनीतिक वातावरण बनाउने सहमति भएको हो । सहमतिमा पहिचान पक्षले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएका आन्दोलनकारीको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने, उनीहरूमाथि लगाइएका राजनीतिक मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते पहिला नै दुवै पक्षको सहमतिमा पुनः वार्ताको मिति तोक्ने सहमति भएको थियो ।

माघ २६ गते भएको सहमति पछि थप वार्ता हुन सकेको थिएन । तत्कालीन सरकार परिवर्तन भएपछि आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले वार्ता टोली पुन गठन गरेको छ ।

बैठकले प्रदेश योजना आयोगका सदस्यहरु समेत मनोनयन गरेको छ । बैठकए डा ःसिताराम बस्नेत काठमाडौ किसोर कुमार राइ सोलुखुम्बु, भवानी बराल धरान, नमिता न्यौपाने विराटनगर लाई सदस्यमा मनोनयन गरेको मन्त्री लिलाबल्लभ अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर