जनतालाई बाँच्न मुश्किल छ, मुठीभरका शासक वर्ग मोटो बन्दै गएको छ : उपेन्द्र यादव – Nepal Press

जनतालाई बाँच्न मुश्किल छ, मुठीभरका शासक वर्ग मोटो बन्दै गएको छ : उपेन्द्र यादव

जनकपुरधाम । जनमत समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार, कमिशन र लुटतन्त्र मच्चाएर मुठीभरका शासक बर्ग मोटो बन्दै गएको बताएका छन् ।

पार्टीको एकताको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष यादवले भने, ’देशको अबस्था जर्जर बन्दै ग एको छ ‌। जनतालाई बाँच्नै मुस्किल छ । १०÷१२ प्रतिशत मुठीभरका शासक बर्ग मोटो बन्दै गएको छ ।’

उनले शासक वर्ग विकास गरेर होइन्, भ्रष्टाचार, कमिशन र लुटतन्त्र मच्चाएर मोटो बन्दै गएको प्रष्ट्याए । उनले जसपा नेपालको मुद्दा भ्रष्टाचार र लुटतन्त्र समाप्त पारेर देशलाई समावेशी लोकतन्त्रतर्फ अगाडी बढाउने रहेको बताए ।

अध्यक्ष यादवले पीछडिएका र दबिएकालाई अवसर र अधिकारका लागि विशेष व्यबस्था गर्नुपर्नेमा जोड दिए । उनले दबिएका र पीछडिएकाले शिक्षा र रोजगार दिएर आर्थिक रुपले सबल बनाउन नसके मुलुक दरिद्रको दरिद्र रहिरहने बताए ।

’दुनियाको सबभन्दा बढी उर्वर भूमी यही छ,’ अध्यक्ष यादवले भने, ’विकासको ठूलो सम्भावना छ । यस्तो धेरै कम मुलुकमा छ । यद्पी नेपाल दुनियामै सबभन्दा दरिद्रमा पर्छ ।’ विभेद र असमानताकै कारण देश समृद्ध बन्न नसकेको उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर