सेनामा जागिर खाने नागरिक अभाव भएपछि विदेशीलाई भर्ना गर्दै अष्ट्रेलिया – Nepal Press

सेनामा जागिर खाने नागरिक अभाव भएपछि विदेशीलाई भर्ना गर्दै अष्ट्रेलिया

काठमाडौँ । अष्ट्रेलियाको सेनामा जागिर खाने नागरिकहरु अभाव भएपछि विदेशी नागरिक भर्ना लिने तयारी सुरु भएको छ ।

अष्ट्रेलियाको सेनामा भर्ना हुन जेन जेड् अर्थात सन १९९५ देखि २०१० सम्म जन्मिएको पुस्ताले अनिच्छा राखेपछि यस्तो प्याकेज ल्याउन लागिएको हो । सेनाको कोटामा चाहिनेमा २० प्रतिशत भर्ना नभएपछि यस्तो प्याकेज ल्याउन लागिएको दि कन्भरसेसनले उल्लेख गरेको छ ।

यहि जुलाईबाट अष्ट्रेलियामा बसिरहेका न्यूजिल्याण्डका नागरिकहरुलाई सेनामा भर्ना लिने बताइएको छ । यस्तै, आगामी वर्षबाट भने बेलायत, अमेरिका तथा क्यानडाका नागरिकलाई पनि सेनामा भर्ना लिने तयारी भएको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।

अष्ट्रेलियामा बसेको एक वर्ष पुगेका वा विदेशी सेनामा काम गरेको अनुभव भएकालाई सेनामा भर्ना लिइने भएको अष्ट्रेलियाली प्रशारक एबीसीले उल्लेख गरेको छ ।

फाइभ आइज् नाम गुप्तचरी गठबन्धनमा जोडिएका देशहरुका नागरिकलाई अष्ट्रेलियाले सेनामा भर्ना लिने भएको हो । एबीसीले यी पाँच देशपछि प्रशान्त क्षेत्रका देशहरु र अरु देशहरुका नागरिकलाई पनि क्रमश सेनामा लिइने वातावरण बन्दै गएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

One thought on “सेनामा जागिर खाने नागरिक अभाव भएपछि विदेशीलाई भर्ना गर्दै अष्ट्रेलिया

  1. अब नेपाल मा पनि त्यो स्थिति नअाउला भन्न सकिदैन ।सेना र पुलिस भित्र भएको अनियमितता र माथिल्लो दर्जा बाट गरिएको भ्रष्टाचार अनि तल्लो दर्जा का कर्मचारी लाई गरिएको थिचोमिचो र सेवा सुबिधा मा गरिएको कटौती बाट सेना र पुलिस काे जागिर गर्न बहुसंख्यक युवा हरु अनिच्छुक देखिदै छ,भर्ना प्रक्रिया सुरु गर्दा पहिला हजारौंको प्रतिस्पर्धा हुन्थ्यो भने अहिले त्यो संख्या घटेर सय मा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर