मधेश सरकारले आज अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै – Nepal Press

मधेश सरकारले आज अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै

जनकपुरधाम । मधेश सरकार आज अगामी आर्थिक २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

नीति तथा कार्यक्रमका लागि आज दिउँसो २ बजे प्रदेशसभाको बैठक डाकिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

जेठ २५ मा ६ दलको समर्थनमा जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वमा नयाँ सरकार बनेको थियो। सरकार फेरिएकाले नीति तथा कार्यक्रम ल्याउन ढिला भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर