ज्ञानेन्द्र शाहीको टिप्पणी- हाम्रा प्रधानमन्त्रीलाई भारतमा मुख्यमन्त्रीजस्तो व्यवहार हुन्छ
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको बेलामा कुनै प्रदेशको मुख्यमन्त्रीलाई गरेजस्तो व्यवहार भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको क्रममा गरेका व्यवहारको मुख्यमन्त्रीलाई जस्तो सम्मान गरेको बताए ।
उनले भने, ‘हाम्रो देशको परराष्ट्र नीति पञ्चशिलको आधारमा बनेको छ । हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ उहाँ व्यक्तिगत रूपमा पुष्पकमल दाहालको रूपमा नभएर सम्माननीय नेपालको प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ भारतले गर्ने आत्मसम्मान प्रधानमन्त्रीलाई गरेको हो कि सिंगो नेपाललाई गरेको हो ? त्यो सम्मान हेर्दा कुनै प्रदेशका मुख्यमन्त्री भारत गइरहेका छन् । त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेका छन् ।’
उनले भारतमा नेपालको प्रधानमन्त्रीलाई हुने गरेको सम्मानप्रति प्रश्न उठाउँदै उनले भने, ‘भारतमा त्यस्तो हुन्छ नेपालमा आउँदा बाटो बन्द गरेर तामझामको साथ एयरपोर्टमा बाजागाजा हुन्छ । म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’