मधेश सरकारको नीति तथा कार्यक्रम : रोजगारी सृजना प्राथमिकतामा, सीएम रोजगार कार्यक्रम सञ्चालन (पूर्णपाठ)
जनकपुरधाम । मधेश सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगार सृजना गर्ने र बेरोजगारलाई रोजगारी दिने योजनालाई प्राथमिकता दिएको छ ।
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रोजगार सृजना गर्नेसहितका ७ योजनालाई प्राथमिकतामा राखिएको छ ।
सरकारले प्रदेशभित्रका बेरोजगार युवाहरुलाई रोजगार वा स्वरोजगारका अवसर प्रदान गर्नका लागि मुख्यमन्त्री (सि.एम.) रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।
’वैदेशिक रोजगारी माथिको परनिरभर्ता न्यूनीकरणका लागि प्रदेश भित्र आर्थिक वस्तुगत/प्राविधिक अनुदानसहितको ‘स्टार्टअप सहयोग’ र ‘गरि खाने अभियान’ कार्यक्रम सञ्चालन गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।
विदेश जाने कामदारलाई माग अनुसारका सिप तालिमको व्यवस्था गरिने पनि सरकारको योजना छ । प्रदेशका सबै स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुको क्षमता विकास गरि सघन सहकार्य गरिने जनाएको छ ।
यस्तै, प्रदेश भित्रका रोजगार क्षेत्रमा देखिएका मनोसामाजिक समस्याहरु न्यूनीकरण गर्न मनोपरामर्श सेवाकर्मिहरुको प्रवर्द्धन गरिनेछ तथा स्थानीय तहको मागको अधारमा स्थानीय तहमा सिप विकास तालिमको सञ्चालन र व्यवस्थापन गरिने पनि सरकारले नीति लिएको छ ।
यस्तै, वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैंकको रुपमा परिचालन गर्दै सिपलाई रोजगारसंग जोडने सरकारको योजना छ ।
पूर्णापाठ: