मेसुको स्वागतमा अस्पतालमा आतिसबाजी गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा
नेपाल प्रेस
२०८१ जेठ २९ गते २२:०५
रूपन्देही । सरुवा भइ आएका कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेको स्वागतमा अस्पताल हाताभित्रै आतिसबाजी गरेको आरोपमा प्रहरीले अस्पतालका करारका इलेक्ट्रिसियन डेबिट उस्मान मुसलमान नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउसो मेसु बन्जाडेको स्वागतमा पटाका पड्काइएको र अस्पतालमा रहेका बिरामी र उनका कुरूवा त्रसित भएको समाचार नेपाल प्रेसले प्रकाशन गरेको थियो ।
समाचार सार्वजनिकपछि त्यसको चौतर्फी बिरोध भएपछि प्रहरीले उस्मानलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर