म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्रे हुँदै – Nepal Press

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्रे हुँदै

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्रे भइरहेका छन् । यस क्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्रे सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्रे भएको हो ।

बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका-२ सिमसम्म कालोपत्रे गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत-बाबियाचौर-लाम्पाटा-पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्‍याएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्रे गर्न २०७८ सालमा अमर-ओमबुद्ध जेभीसँग रु. १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

चौबिस किलोमिटर लामो बेनी-दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एक मात्र मार्ग हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *