हङकङले रद्द गर्‍यो बेलायतमा पलायन भएका ६ ‘प्रजातान्त्रिक’ अभियानकर्मीको पासपोर्ट – Nepal Press

हङकङले रद्द गर्‍यो बेलायतमा पलायन भएका ६ ‘प्रजातान्त्रिक’ अभियानकर्मीको पासपोर्ट

काठमाडौं । हङकङले ६ जना ‘प्रजातान्त्रिक’ अभियानकर्मीहरूको पासपोर्ट रद्द गरेको छ ।

बेलायतमा निर्वासित ६ जनाको पासपोर्ट रद्द भएको जर्मनीको विश्व सेवा डिडब्लूले उल्लेख गरेको छ ।

हङकङ प्रशासनले ६ जनालाई कानूनहिन फरार अपराधीको संज्ञा दिएको छ ।

हङकङ सरकारका प्रवक्ताले भनेका छन्, ‘यी कानूनहिन फरार अपराधीहरू बेलायतमा लुकेर बसिरहेका छन् । राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न हुँदै आएका छन् ।’

प्रवक्ताले उनीहरूले हङकङ विशेष प्रशासकीय क्षेत्रको मानमर्दन गर्ने अभियानमा पनि उनीहरू लागेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर