हाम्रो पार्टीमा गयारामभन्दा आयाराम बढी छन् : माधव नेपाल (भिडिओ) – Nepal Press

हाम्रो पार्टीमा गयारामभन्दा आयाराम बढी छन् : माधव नेपाल (भिडिओ)

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी फोर्ने दुस्साहस गरेको भए सफल नहुने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो,’ उनले भने, ‘फाटफुट, आयाराम-गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

उनले आफूले प्रधानमन्त्री बन्नलाई मात्र राजनीति नगरेको बताए । पहिले गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसले अफरै गरेपछि प्रधानमन्त्री बनेको नेपालको दाबी थियो ।


प्रतिक्रिया

One thought on “हाम्रो पार्टीमा गयारामभन्दा आयाराम बढी छन् : माधव नेपाल (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर