डेढ वर्षमा केन्द्र र प्रदेशमा सरकार फेरिरहनुलाई गम्भीर ढंगले समीक्षा गरौं : शेखर (भिडिओ) – Nepal Press

डेढ वर्षमा केन्द्र र प्रदेशमा सरकार फेरिरहनुलाई गम्भीर ढंगले समीक्षा गरौं : शेखर (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेड बर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले अन्त्यन्तै गम्भीर ढंगले समीक्षा गर्नुपर्ने समेत बताए ।

राजनीतिक वा सरकारको स्थीतरता विना मुलुकमा आर्थिक विकास हुन नसक्ने भन्दै स्थीरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए ।

कोइरालाले कांग्रेस अहिले बिपक्षमा रहेकाले सरकारमा जान हुनै हतारो नरहेको स्पष्ट पारे । विभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरुबीच छलफल हुन जरुरी रहेको उनको भनाइ छ ।

उनले सुशासन, पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर