हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधान हुनेछ : अध्यक्ष भण्डारी
हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगले भोग्नुपरेको सबैखाले समस्याको समाधान हुने बताएका छ्न् ।
आज पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले सरकारी स्वामित्वमा रहेको गौरवशाली उद्योगको परिचय बनाएको हेटौंडा सिमेन्ट उद्योगलाई पुनः उक्त परिचयमा स्थापित बनाउन आफू निरन्तर लागिपर्ने बताए ।
उद्योग विभिन्न समस्याहरुबाट जुधिरहेको भएपनि समस्या समाधान गर्न सकिने बताए । ‘विगत तीन÷चार बर्षमा भएको कमिकमजोरी पहिल्याउने छौ’, भण्डारीले भने, ‘समाधानको अल्पकालिन र दिर्घकालीन बाटो तय गरिने छ ।’ कामको सिलसिलामा आउने कमेन्टहरु सकारात्मक रुपमा आए सहज र उपयुक्त वातावरण सिर्जना गरि उत्पादनलाई वजारमा व्यवस्थापन गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै महाप्रवन्धक वसन्त कुमार पाण्डेले उद्योगको अवस्था अत्यान्तै नाजुक बन्दै गएको भन्दै राम्रो नभएको बताउँदै आन्तरिक स्रोतबाट उद्योग संचालन हुने अवस्था नरहेको भनाई व्यक्त गरे ।
उद्योगबाट अवकाश भएका कर्मचारीको उपादान समेत दिन सकिने अवस्था नभएको भन्दै उनले सरकारको अर्थ मन्त्रालयसम्म पहल गरिएकोमा कम्तिमा दुई वर्षका लागि समस्या अस्थायी रुपमा समाधान हुन सक्ने बताए ।