सिंहदरबारको क्यान्टिनबाट महानगरको टोलीले गर्यो बाल श्रमिकहरूको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट ४ जना बाल श्रमिकहरुको उद्धार गरेको छ ।
विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर महानगरले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा रहेका तीन बाल श्रमिकको उद्धार गरेको हो । उनीहरुलाई महानगरको बाल उद्धार टोलीले सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरकाे भवनभित्र रहेकाे केन्द्रीय चमेना गृहबाट उद्धार गरेको हो ।
यस्तै ऊर्जा मन्त्रालयकाे क्यान्टिनबाट पनि एक बालश्रमिककाे उद्धार गरेकाे छ ।
यसअघिकाठमाडौं महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा राखेका थिए ।
उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेकारसंरक्षणको आवश्यकता भएका) का बालबालिकाहरुले आफू जोखिममा रहेको खवर गरेपछि उद्धार गरिएको थियो । महानगरकाे उद्धार टाेली सिंहदरबारभित्र रहेकाे अन्य मन्त्रालयकाे चमेना गृहमा जाँदैछ ।
तस्बिरहरु : उमेश कार्की