कुवेतको आवासीय भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु, केही नेपाली घाइते – Nepal Press

कुवेतको आवासीय भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु, केही नेपाली घाइते

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएकोमा कम्तीमा ४० भारतीय रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । बुधबार उक्त आवासीय भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएकाे थियाे ।

त्यहाँ कति मानिस थिए भन्ने खुलिसकेकाे छैन ।  त्यस भवनमा नेपालीहरु पनि रहेकाे  थिए । तर, उनीहरु सामान्य घाइते भएका  छन्  । केहीको उपचार भइरहेकाे र केही हाम फालेर जाेगिएकाे  नेपाली दूतावासले जनाएकाे  छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १९६ जना कामदार बसेका थिए र त्यहाँ भीडभाड भएको हुनसक्ने आशंका छ।

अधिकारीहरूले आगलागीमा परि  धेरै हताहती दक्षिणी भारतीय राज्य केरला र तमिलनाडुका रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित र उनीहरुका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

‘कुवेत शहरमा भएको आगलागी दुख:द छ,’ उनले भनेका छन्,‘आफ्ना नजिकका र प्रियजनहरू गुमाउने सबैसँग मेरो सम्वेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

उनले भारतीय दूतावासले स्थितिको अनुगमन गरिरहेको र अधिकारीहरूसँग काम गरिरहेको बताएका छन्। घटनामा ५० भारतीय नागरिक पनि घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

बिहीबार बिहान कुवेत प्रस्थान गरेका सरकारका कनिष्ठ मन्त्री कीर्तिवर्धन सिंहले मृतकको पहिचानका लागि डिएनए परीक्षण भइरहेको बताए ।


								
							

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *