बैङ्किङ क्षेत्रमा ज्यादा पैसा थुप्रिन थालेपछि आजै ३५ अर्ब तान्दै राष्ट्र बैङ्क
काठमाडौं । बैङ्किङ सिस्टममा अधिक तरलता भए पनि केन्द्रीय बैङ्कले आजै ३५ अर्ब निक्षेप तान्दै छ । नेपाल राष्ट्र बैङ्कले निक्षेप संकलन बोलकबोल उपकरण मार्फत उक्त रकम १४ दिनका लागि तान्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकमका लागि आवेदन आव्हान गर्न सकिनेछ ।
असार १३ गते यसको साँवा ब्याज भुक्तानी हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिनेछ । अहिले बैङ्किङ प्रणालीमा ६ खर्ब तरलता रहेको भनिएको छ ।