जसपा नेपालका सांसदहरुको उपस्थिति बिनै मधेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित – Nepal Press

जसपा नेपालका सांसदहरुको उपस्थिति बिनै मधेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम । मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जसपा नेपाल साँसदको उपस्थिति बिनै सर्वसम्मतले पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले नीति तथा कार्यक्रममा छलफलको प्रस्ताव राखेका थिए । छलफलका क्रममा उठेको सवालको सम्बोधन गर्ने मुख्यमन्त्रीले आश्वासन दिएका छन् ।

उनले निधी निवास र जनता आवास योजनालाई पनि निरन्तरता दिने बताए । उनले भने, ‘गौरवको योजनालाई प्राथमिकता दिन्छु । नीति तथा कार्यक्रममै सबै समेटेको भए । बजेटमा के इन्ट्रेस्टिङ रहन्थ्यो । बजेटका लागि पनि केहि इन्ट्रेस्टिङ आउँछ ।’

मुख्यमन्त्री सिंहले जवाफका क्रममा उठेको सवालको सम्बोधन गरेपछि संशोधन प्रस्तावहरु साँसदहरुले फिर्ता लिएका थिए । त्यसपछि उपसभामुख बविता इसर राउतले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको घोषणा गरिन् ।

जसपा नेपालको महाधिवेशन जनकपुरधाममा जारी रहेकाले साँसदहरु अनुपस्थित थिए । सदनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिन पनि सो पार्टीका साँसदहरु अनुपस्थित थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर