काठमाडौं बाहिरका नागरिकले नारायणहिटी दरबार संग्रहालय परिसरमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्नुपर्ने – Nepal Press

काठमाडौं बाहिरका नागरिकले नारायणहिटी दरबार संग्रहालय परिसरमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंमा अस्थायी रुपमा बस्दै आएका नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण नारायणहिटी दरबार संग्राहलय परिसरमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

विभागले काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लाका सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य नारायणहिटी दरबार संग्रालय परिसरमा गर्ने व्यवस्था गरेको जनाएको हो ।

राष्ट्रिय परिचयपत्रको दर्ता गर्ने कार्यका लागि काठमाडौं उपत्यका बाहिर स्थायी ठेगना भई अहिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका नागरिका लागि अबदेखि नारायणहिटी दरबार संग्रहालय परिसरमा व्यवस्था गरिएको विभागका महानिर्देशक युवराज कट्टेलले नेपाल प्रेससँग बताए । उनका अनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीलाई भने राष्ट्रिय सभा गृहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य भइरहेको छ ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि नागरिकता प्रमाणपत्रको सक्कल, बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्रको संकलन र विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य आवश्यक पर्ने जनाइएको छ ।

विभागले काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहको परिचयपत्र वितरण अभियानमार्फत परिचयपत्र लिन छुटेका सेवाग्राहीले नारायणहिटी दरबार संग्रहालय परिसरबाट आफ्नो परिचयपत्र लिन पनि अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *