फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही – Nepal Press

फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही

पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।

माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।

कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले आजै प्रदेशसभाबाट पढेर सुनाए तयारी गरेका छन् । सभामुखले सभामा पढेर सुनाएसँगै देवकोटा पदमुक्त हुनेछन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् ।

उनले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर