एमालेले बोलायो संसदीय दलको बैठक
नेपाल प्रेस
२०८१ जेठ ३२ गते १६:४८
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले असार १ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
बैठक लोत्से हल बानेश्वरमा बस्नेछ। बैठकमा प्रतिनिधि सभामा छलफल जारी रहेको बजेट, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर