विश्वकप छनोटमा ११ गोल छेकेका सिंगापुरे गोलरक्षकलाई चिनियाँ समर्थकबाट पैसाको वर्षा
काठमाडौं । चिनियाँ फुटबल समर्थकहरुले सिंगापुरका गोलरक्षकलाई पैसाको वर्षा गरेका छन् । उनीहरुले थाइल्याण्डसँगको खेलमा ११ गोल छेकेको भन्दै गोलरक्षक हसन सन्नीलाई पुरस्कारस्वरुप पैसा दिएका हुन् ।
बीबीसीका अनुसार सिंगापुरलाई तीन गोल हानेर थाइल्याण्ड अर्को चरणमा पुग्न सक्ने वातावरण थियो, जसले चीनको अर्को चरणको खेलमा पुग्ने बाटो बन्द हुन्थ्यो, तर सिंगापुरका गोलरक्षकले ११ गोल छोकेपछि चीनको अर्को चरणको यात्रा सुरक्षित भयो । यसमा भावुक देखिए चिनियाँ फुटबल समर्थकहरु र दिन थाले पैसा उपहार ।
मंगलबार १औ० गोलले दक्षिण कोरियासँग पराजित भएपछि चीनको अर्को चरणको यात्रा सहज थिएन । सिंगापुरका गोलरक्षकको उत्कृष्ट गोल रक्षाले त्यो बाटो खुलाएको छ । त्यसैको प्रतिक्रियामा चिनियाँ समर्थकहरुले गोलरक्षक हसनले सञ्चालन गरेको खानेकुरा बिक्री केन्द्रको क्यूआरमा धमाधम पैसा दिन थालेका हुन् ।
यसबारेमा हसनले भनेका छन्, ‘सुरुमा त खुशी लाग्यो । पैसा आइरहेको थियो, तर, यतिभन्दा अहिले आएर चैँ त्यो काम कहिले रोकिन्छ जस्तो लागेको छ । यो कानूनी हो वा होइन जस्तो लागेको छ ।’