एनजीओ प्रायोजित खाजा अर्डर गरिएपछि गृहमन्त्रीले बहिस्कार गरे राज्य समितिको बैठक
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएकाे भन्दै उनी बैठकमा सहभागी नभई हिँडेकाे स्राेतले बतायाे ।
गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको स्रोतको भनाइ छ ।
खाजाकाे प्याकेटमा चना, फलफुल, जाम-पाउराेटी, अण्डा, आलु भुजुरी आदि थिए ।
स्रोतका अनुसार समितिको बैठकमा पहिलोपटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । समितिमा गृहमन्त्रीको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो भन्दा अगाडि यसरी एनजीओबाट खाजा ल्याइएको देखिएको थिएन । यो प्रवृति ठीक भएन । ‘
त्यसपछि उनी छलफलमा सहभागी नभई बैठक छोडेर हिँडेका थिए । समितिले आज निजामति सेवा विधयेकका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई निम्याएकाे थियाे ।
पुराना भ्रष्ट पार्टी जस्तो होइन राष्ट्रिय स्वतन्त्र पार्टी !
सित्तैमा खानपाएपछी चुक २ माना हसुर्ने् , खानको भोको नेपाली बानिमाथि राम्रो झापट
होइन होला हो ? खाजामा दारू पानी नभएर रेन्त !