अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाएको सांसद सिंहको आरोप – Nepal Press

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाएको सांसद सिंहको आरोप

काठमाडौं । प्रतिनिधिसभा सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको उनको भनाई थियो ।

सिंहले माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको जिकिर पनि गरे । उनले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरूलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे ।

सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरूलाई बेवास्ता गरेको गुनासो पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर