१७ करोड रुपैयाँले घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट – Nepal Press

१७ करोड रुपैयाँले घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट

हेटौँडा । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिकाको रूपमा रहेको हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष भन्दा १७ करोड रुपैयाँ घटेर आएको छ ।

आइतबार हेटौँडा उपमहानगरपालिकाको १५ औँ नगर सभामा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै यो वर्ष आर्थिक मन्दीको कारण बजेटको आकार घटेको बताए ।

बानियाँले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका प्रस्तुत गरेका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको लागि २ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो ।

बानियाँले आर्थिक मन्दीको कारण आन्तरिक श्रोतको लक्ष्य अनुसारको राजश्व संकलन नभएको, संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा पनि कमी आएको कारण बजेट कम भएको बताए ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि आन्तरिक श्रोतबाट १ अर्ब १४ करोड,९९ लाख, ३२ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आन्तरिक श्रोत तर्फ एकीकृत सम्पत्ति कर, भूमि कर, घरबहाल कर, कवाडी संकलन कर लगायत २० वटा शीर्षकलाई समावेश गरेको छ ।

उपमहानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ४० करोड ६२ लाख ८७ हजार खर्च हुने अनुमान गरेको छ ।

आर्थिक विकास तर्फ ७ करोड ५६ लाख, सामाजिक विकास तर्फ ९३ करोड १९ लाख, पूर्वाधार विकास तर्फ ८८ करोड ८६ लाख, वन, वातावरण तथा विपत् व्यवस्थापन तर्फ ३ करोड १२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ २ करोड ६५ लाख रुपैयाँको अनुमानित बजेट पेश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर