कांग्रेस कर्णाली संसदीय दलका सचेतक विष्टले ल्याए ‘व्याधी र विजय’ पुस्तक – Nepal Press

कांग्रेस कर्णाली संसदीय दलका सचेतक विष्टले ल्याए ‘व्याधी र विजय’ पुस्तक

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कोभिड- १९ को भोगाइ समेटेर लेखेको पुस्तक ‘व्याधी र विजय’ सार्वजनिक भएको छ ।

वीरेन्द्रनगरमा आइतबार एक कार्यक्रमबीच सचेतक विष्टको पुस्तक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा उपसभापति खड्काले पुस्तक लेखन एउटा कठिन काम भएको र जीवनको भोगाइ भावी पुस्तासम्म लैजान पुस्तक एउटा कालखण्डमा मात्रै नभएर भावी पुस्तासम्मैका लागि उपयोगी हुने बताए ।

समाजमा काम लाग्ने लेख्नुपर्ने र पुस्तकबाट जीवन नरहे नाम निरन्तर जिइरहरने उनको भनाइ थियो ।

लेखक विष्टले कोभिड-१९ को दोस्रो लहर चलेपछि सरकारले २०७८ साल बैशाख १६ गते पुनः लकडाउन गरेको बेला आफूलाई संक्रमण भइको बताए ।

उनले भने, ‘साहित्यमा ‘स्वान्त सुखाय’ अर्थात आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजना हुन्छन् । भनिन्छ- दुःख बाँड्दा घट्छ, तर सुख बाँड्दा बढ्छ । मैले पनि आमसुखदुःख राखेर किताब तयार गरेको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर