श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिनको कामको फेहरिस्त (पूर्णपाठ)
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालयले मन्त्रालय सम्हालेयताका सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन् ।
मन्त्री अर्यालले प्राप्त नतिजा तथा प्रभावलाई ४ वटा बुँदामा राखेका छन् । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको, श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह चुस्त र र प्रभावकारी भएको, सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढेको र श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको प्रगति विवरणमा उल्लेख छ ।
साउन १ गतेदेखि विदेशी नियोगहरुमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने उनले बताए । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया तथा खाडीका अन्य देशमा माग प्रमाणीकरण अनलाइनबाट सबै नियोगमा सुरुवात गरिने जानकारीसमेत गराए ।
अहिलेसम्म प्रमुख श्रम गन्तव्यमा अनलाइन प्रणालीको विकास नहुँदा रोजगारदाता कम्पनीले दूतावासमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्ने जस्ता गुनासा आएकाले त्यसलाई अनलाइन प्रमाणीकरण गर्ने कार्य दुबईमा सुरूवात गरिउको उनको भनाइ छ ।
डिग्री पास अंग्रेजी भाषामा गरे पनि विदेशमा काम गर्न जाँदा अग्रेजी भाषा सिकेर ५० नम्बर ल्याएरमात्रै जान पाउने विवादास्पद कार्यविधि खारेज गरिएको उनले बताए । जापान, कोरिया र इजरायलमा कामदार भिसाका श्रमिक पठाउने विषयमा अध्ययन भन्दै उनले यसमा छिटो निर्णयमा पुग्ने बताए ।
श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएको पनि सुनाए । उनका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्याउने गरी गृहकार्य भइरहेको छ ।
सरकारले प्रयास जतिसक्दो चाँडो देश बस्न लायक बनाउने रहेको उनको भनाइ छ ।
यस्तो छ मन्त्री अर्यालले सार्वजनिक गरेको १०० दिनको कामको फेहरिस्त
श्रममन्त्रीले एक सय दिनमा गरेको प्रगती १५ पेँज लामो बिबरण प्रस्तुत गर्नु भएको छ । यो बिबरण हेर्दा लाग्छ मन्त्रीले गजवको उपलब्धी हासिल गर्नु भएकै हो । यति राम्रो उपलब्धी विगतमा सायदै भएको थियो होला । हेरौँ त वहाँले हात पार्नु भएको केही उपलब्धीहरु यस्ताछन् । वहाँको प्रतिवेदनको दफा नं हुन यी ।
५.३ श्रम कानूनको परिपालनका सम्बन्धमा ११२२ वटा प्रतिष्ठानहरुको निरीक्षण गरिएको,
५.४ ११८७ प्रतिष्ठान बाट श्रम अडिट प्रतिवेदन प्राप्त भएको,
५.५ १०४२ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण सम्पन्न भएको ।
५.६ “श्रमिकसँग श्रममन्त्री अभियान”लाई नेपालगञ्ज औद्योगिक क्षेत्रबाट शुरु गरिएको ।
न्युनतम पारिश्रमिक कार्यान्वयन नभएको पनि फेला पार्नु भएन छ ।
विदेश पठाउने नाममा नेपाल मै ठगीमा परेर विगत पाँच महिनादेखि श्रमिक वैदेशिक रोजगार विभागमा धाइ रहेको पनि देख्नु भएन छ ।
श्रमिकलाइ दुइ महिना काम गराएपछि एक महिनाको मात्र पारिश्रमिक दिने प्रतिष्ठान पनि देख्नु भएन छ । तै पनि यति धेरै उपलब्धी अझ आगामी कामको प्रस्ताव हेर्दा त लाग्छ अब चाँही नेपाली यूवा काम गर्न भनेर विदेश फितिक्कै जाने छैनन।