युक्रेनी युवाहरुलाई स्वदेश फर्काएर सेनामा जान दबाब दिनुपर्ने जर्मनीका विपक्षी नेताहरुको माग – Nepal Press

युक्रेनी युवाहरुलाई स्वदेश फर्काएर सेनामा जान दबाब दिनुपर्ने जर्मनीका विपक्षी नेताहरुको माग

काठमाडौं । रुस-युक्रेन युद्धको क्रममा जर्मनी आएका युक्रेनी युवाहरुले देश फर्केर सेनामा भर्ती हुनुपर्ने विपक्षी दलका उपनेताले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार विपक्षी दल क्रिस्चियन डेमोक्रेटिक युनियनका संसदीय दलका उपनेता थोर्तेन फ्रेइले यस्तो बताएका हुन् ।

उनले युक्रेन सरकारले सैनिक हुन गरेको आग्रह अस्वीकार गरेको भन्दै जर्मनीमा भएका युक्रेनी युवाहरुलाई दिइँदै आएको सामाजिक सुरक्षाका सुविधाहरु नदिन माग गरेका छन् ।

अहिले युक्रेनी शरणार्थीहरुले पाउँदै आएको महिनाको ६१० अमेरिकी डलरको प्याकेज बन्द गर्न उनले आग्रह गरेका छन् ।

यस्तै जर्मनीको फ्री डेमोक्रेटिक पार्टीका महासचिव बिजान दिजिर सराईले पनि यस्तै भनाइ राखेका छन् । उनले युक्रेनबाट आएका नयाँ युद्ध शरणार्थीहरुलाई जर्मन सरकारले दिँदै आएको मासिक ६१० अमेरिकी डलरको सुविधा बन्द गर्न आग्रह गरे ।

सन् २०२२ फेब्रुअरी २४ को रुसी हमलासँगै युक्रेन र रुस युद्धमा छन् । युक्रेनलाई अमेरिकी नेतृत्वका पश्चिमा देशहरुले हतियार सहयोग गरे पनि सैनिकहरुको अभाव देखिएको छ ।

रुसले मासिक ५० हजारका दरले युक्रेनी सैनिक मारिएको दाबी गर्दै आएको छ । युक्रेनले पनि गम्भीर प्रकृतिका बिरामीहरुदेखि कैदीहरुलाई सेनामा भर्ना गर्न सहज बनाएको छ भने छिमेकी पोल्याण्डदेखि विभिन्न नेटो देशहरुसम्मले आफ्नो देशमा आएका युक्रेनीलाई सैनिक हुन पठाउन तयार भएको बताउँदै आएका छन् । खासगरी पोल्याण्डमा यो आवाज बलियो भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर