२४ वर्षपछि उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार उत्तर कोरियाको भ्रमणमा जाँदैछन् । बेलायती प्रशारक बीबीसीका अनुसार गत वर्षको किम जोङ उनको रुसको सुदूरपूर्वमा भएको भ्रमणपछि पुटिनको भ्रमण हुने भएको हो ।
पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । उनको प्रथम भ्रमण सन् २००० मा भएको थियो । रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत संघ तहको नभए तापनि धेरै नजिकको भएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीले रुसले उत्तर कोरियासँग हातहतिहार, निर्माण कामदार, युद्धको अग्र मोर्चामा उभिने स्वयंसेवकहरुसम्मका मुद्दा छिनोफानो गर्ने अनुमान गरेको छ । त्यसको लागि उत्तर कोरियाले अमेरिकी भूमिमै प्रहार गर्ने तहका लामा दूरीका क्षेप्यास्त्र दिन सहयोग गर्ने बताइएको छ ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाबाट रुसमा ५० लाख गोलाबारुद पुगेको दाबी गरेको अमेरिकी अखबार ब्लुमबर्गले उल्लेख गरेको छ ।